logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध


  • जन आकाश
  • आइतबार, असार १७ २०८०

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड शनिबार रातिदेखि पुनः अवरुद्ध भएको छ । राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो ।



लगातार २७ घण्टा अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । तर राति साढे ११ बजे खसेको पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

अहिले पहिरो पन्छाइरहेको मुग्लिनस्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । ‘राति १० बजेदेखि पहिरो खस्न सुरु गरेको थियो । राति साढे ११ बजेतिर त अघिल्ला दिनको तुलनामा ठूलै पहिरो खसेर दुईतर्फी नै सडक अवरुद्ध भयो ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोला पुल बनाउनका लागि अनक कन्स्ट्रक्सनले भित्ता काट्न कठिन भएको भनेको ठाउँबाट निरन्तर पहिरो झरिरहेको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रुहरु मर्कामा पर्दै आएका छन् । सडकमा सवारी साधनहरूको लामो लाइन लागेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend