जन आकाश
काठमाडौं । दार्चुलाको सदरमुकाम खलङ्गामा पर्ने रिङनतालस्थित महाकाली नदिमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । शनिवार साँझ ४ बजे अन्दाजी ३५ वर्षका पुरुष महाकाली नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको खोजी कार्यका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । यो समाचार तयार पार्दासम्म उक्त पुरुष बेपत्ता नै रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जगत् गाहामगरले बताए ।
पुरुष हाम फालेको ठाउँमा चप्पल मात्रै फेला परेको छ । बेपत्ता पुरुषको खोजी कार्य भइरहेको दार्चुला प्रहरीले बताएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend