logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सुसीलीको असार विशेष गायन कार्यक्रम सप्पन्न


  • जन आकाश
  • आइतबार, असार १७ २०८०

 



आठमाण्डौ। मिति २०८० असार १६ गते शनिबार राष्ट्रिय सुसेली मञ्च नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीको संचालनमा असार विशेष सुसेली गायन कार्यक्रम ३० जना  कवि साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको छ ।

असार सम्बन्धि सुसेली गायनको क्रममा उपस्थित कविहरू क्रमशः दामोदर ढकाल दिपक, कृष्ण के सी, लक्ष्मी प्रसाद मिश्र, जानुका थापा रायमाझी, पूनम घिमिरे, सुरेशचन्द्र घिमिरे, चन्द्रावती अधिकारी, वासुदेव ठकुरी, चन्द्रा न्यौपाने, सुमित्रा श्रेष्ठ, घनश्याम पौडेल, टंकप्रसाद दाहाल, श्रीमती पार्वती दाहाल, विश्वनाथ ढुंगेल, उत्तम भेटुवाल, कृष्णप्रसाद पौडेल, सिर्जना खाँड, रामशरण न्यौपाने, सालिकराम दाहाल, सुधा बास्कोटा ढकाल, सफलता न्यौपाने लगायत आजका विशिष्ट अथिती गंगा लिगल, डिल्लीप्रसाद मूलतिहुन, आर्त अकुलिनले आ-आफ्ना असारे सुसेलीहरू सुन्दर र लयात्मक ढंगले प्रस्तुत गरेका थिय ।

किसानहरूका सुखदुःख पीरमर्का सहित अतिवृष्टि खडेरी जस्ता प्राकृतिक प्रकोप र राजनैतिक असहयोग आदि कुरामा केन्द्रित रहेर गायन गरिएका सुसेलीको यो कार्यक्रम अत्यन्तै सुन्दर र भव्य रहेको कुरा बताउँदै विशिष्ट अतिथिहरूले कार्यक्रमको प्रशंसा गरेका थिय।

विशिष्ट अतिथि कवि डिल्लीप्रसाद मूलतिहुनले कार्यक्रममा गाइएका असारे सुसेलीका कुरा सुसेलीमै सुनाउनु हुँदै आजका सुसेलीहरू मध्य कवि जानुका थापा रायमाझी र कवि रामशरण न्यौपानेका सुसेलीहरू सर्वोत्कृष्ट भएको जानकारी दिएका थिय ।

कार्यक्रमलाई बिट मार्दै मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले असार १५ का दिन सेन्टेनियल मावि जोरपाटीको अनुरोधमा सुसेली मञ्चको टिमले माध्यमिक तहका करिब १०० जना बिद्यार्थीहरूलाई सुसेलीका विषयमा जानकारी दिनुका साथै सुसेली लेख्ने र गाउने प्रशिक्षणको कार्यक्रम गर्दै दही चिउरा तथा धान दिवस मनाएको जानकारी दिएका हुन।

सुसेली काव्यात्मक विधा भएको हुँदा सुसेलीलाई विषयगत बनाउदै लैजाँनु राम्रो हुने कुरा दोहोर्‍याएर, धर्ती पुत्र किसानहरूलाई सलाम गर्दै सबै सहभागी अतिथि कविहरूमा धन्यवाद दिएर सभाको विसर्जन गरेका थिय ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend