जन आकाश
काठमाडौं महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ ।
आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार जान लागेको महानगरपालिकाले जनाएको छ । सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार लगाउन लागेको हो ।
केही दिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यस प्रकरणमा चार जनालाई पक्राउ गरेको थियो । ब्युरोले यसको अनुसन्धान गरिरहेको बेलामा महानगरले संरक्षण गर्ने भन्दै घेरा लगाउन लागेको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend