जन आकाश
रामेछाप । रामेछाप जिल्लाको खाँडदेवी गाउँपालिकाले प्रत्येक बर्ष एउटा बिशयलाई विशेष बनाउने नीति अनुरुप गएको बर्ष कृषिलाई प्रथामिकता दिएको र यो बर्ष शिक्षालाई प्रथामिकता दिई काम गर्ने पालिकाका अध्यक्षल यहि मितिः २०८० असार १८ गते सञ्चारकर्मीहरुसँग सामाजिक सञ्जाल भाइबर समूहमा २०८०/ ८१ को वारेमा कुारकानी गर्दै उक्त कुरा बताएका हुन् ।
उनले बिभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहलाई आग्रह गर्दै भनेका छन् । “जनप्रतिनिधिहरुले ल्याएका सकरात्मक बिषहरुलाई आम जनतामा अलिदिन अनुरोध छ । आम जनताले यस्ता सकरात्मक कुराहरु लाई धारणा बनाउने छन् र त्यो जन दवावले कार्यपालिकामा जनदवाव सृर्जना हुन्छ । त्यसपछि कार्यपालिकावाट नीति, कार्यक्रम बजेट जनताको पक्षमा पास हुन्छ । यस्ता कुराहरु पत्रकार मित्रहरुले गरिदिनु होला भन्ने मेरो आग्रह छ ।” भन्दै पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले आग्रह गरेका हुन् । रामेछापका पालिका प्रमुखहरु मध्य सामाजिक सञ्जाल प्रयोग गर्ने मध्य खाडा देवी गाउँपालिकाका अध्यक्ष रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend