logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालन


  • जन आकाश
  • सोमबार, असार १८ २०८०

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो ।



पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो । सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए । पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ । पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend