logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच सम्झौता


  • जन आकाश
  • सोमबार, असार १८ २०८०

काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धि सम्झौता सम्पन्न भएको छ । यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने बैकले विश्वास लिएको छ ।



प्रभु बैंकको तर्फबाट चिफमा र्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखर राज स्ताकोटी र निर्देशक पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो ।

उक्त सम्झौता अनुरुप बैंकले वन्डर्स नेपाल प्रा.लि.को परिसरमा ए.टि.एम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने सहमति भएको छ ।

सम्पूर्ण सर्वसाधारण तथा ग्राहक महानुभावहरुले वन्डर्स नेपाल प्रा.लि.अन्तर्गत काठमाण्डौको कमलादी स्थित स्काईवाकभ्यू टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै यस बैंकबाट प्रदान गरिने बैंकिङ्ग सेवाको सुविधा समेत लिन सिक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend