जन आकाश
देवजङ्ग शाही ।
काठमाडों । पहिलो दृष्टिमा कर्णाली हुम्ला त्यो हो जुन अहिले पनि पिछडिएको र दुर्गम भनेर चिनिन्छ । कर्णाली प्रदेश अन्तर्गत पर्ने विकट जिल्ला मध्ये हुम्ला पनि एक हो । हुम्ला भन्ने बित्तिकै इतिहासमा सुन्दर र त्यसमा पनि भौगोलिक बनावटको कारणले ठगिएको र इतिहासको पानामा आफ्नो स्वाधीनतालाई झल्काएको छ ।
“कर्णाली हुम्लाका जनताले गाडी कस्तो रंग, कस्तो आकार, कसरी गुड्छ त्यो देखे तर सुविधा भने केही पाउन सकेका छैनन् । कर्णाली हुम्लामा संचालित गाडी त्यो हो जुन गाडी काठमाडौमा दुध , पानी बोकेको हुन्छ । त्यही गाडीलाई पनि भित्र बाहिर भनेर भाडा दर छुट्याइएको छ । हिडेर १ घण्टा लाग्ने सदरमुकाम सिमिकोट जानलाई पनि भित्री भाडा दर ७ सय रहेको छ भने बाहिर ५ सय रहेको छ । हुम्ली जनताले यत्रो भाडा भए पनि चड्न बाध्य भएका छन् ।
रोड कस्तो बनाएका छन त्यहीँका लुटुवा ठेगदारले भने , मनमा चिन्ताजनक भावना बोकेर यात्रा गर्नुपर्ने । बिहान घर बाट स्वास्थ राम्रो भएर गएका हुन्छन् तर गाडि चडिसके पछि घाइते ज्यान लिएर बेलुका घर फर्केका हुन्छन् । बाटा टाढा केही व्यक्ती हुम्ला नै मेरो हो भन्ने , म त्यहाँको राजा हु भन्ने सोचाइ राखेका व्यक्तिले अघिल्लो दिनमै फोन गरेर आफ्नो भित्री सिट सुरक्षित गरेका हुन्छन् । लाटागाडा जनता भने बाहिर धुलोधुवा खपेर यात्रा गर्नु परेको छ ।
यस्तो पीडा कसले सुन्छ अब कुरो रह्यो सुर्खेत हुँदै जुम्ला , कालिकोट हुम्ला को सडकखण्ड , सडक पुग्यो हुम्लाको सरिसल्ला भन्ने ठाउँ सम्म तर रोड भने चिन्ताजनक रहेको छ । दशैमा आमाबुबाको आशीर्वाद लिन गएको छोरारछोरी मनमा पिरैपिर लिएर यात्रा गर्नुपर्ने अवस्थाको रोड रहेको छ ।
आफ्नो शरीर थकित बनाएर आफ्नो गन्तव्य पुग्नु परेको छ । माथी हेर्यो भिर फुटेर पहिरो आउला भन्ने डर, तल हेर्यो गाडी कर्णालीमा खस्ला भन्ने डर डरैडरले आफ्नो यात्रा पार गरेका हुन्छन् । रोड पिज भए नि हुन्थ्यो तर छैन हिलैहिलोको रोड रहेको छ । हुम्लाको यात्रा साधन कि जहाज कि त गाडी हो । जहाजमा जाउ भने भाडा महँगो अनि त्यही माथी टिकट पाउन गाह्रो ” ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend