logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, असार १९ २०८०

काठमाडौं । गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।



मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरि गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो । मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend