जन आकाश
काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ । सम्पदाको मौलिकता जोगाउन महानगरपालिकाले उक्त निर्णय गरेको हो ।
महानगर प्रमुख बालेन्द्र शाहले यहाँको चिनारी नै प्राचीन सम्पदा भएकाले तिनको मौलिकता जोगाउन आवश्यक भएको बताए । ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’ उनले भने, ‘अनुभव गर्न र रमाउन लाखौं पर्यटक आउन सक्छन् ।’
वसन्तपुर क्षेत्रमा दैनिक हजारौं पर्यटक आउने गरेका उल्लेख गर्दै उनले सामाजिक सञ्जाल मार्फत भविष्यमा लाखौं पर्यटक आउनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।
मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक रहेको उल्लेख गर्दै हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरिएको उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend