logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

भानुभक्त मेमोरियल मा.वि.का पूर्व विद्यार्थीहरु संगठित


  • जन आकाश
  • बुधबार, असार २० २०८०

काठमाडौं । पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरु संगठित भएका छन ।



विद्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा सो विद्यालयका पहिलो ब्याचका पूर्व विद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा आज सम्पन्न भेलाले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाइ एशोसिएसनको तदर्थ समिति गठन गर्दै संस्थागतरुपमा कार्यारम्भ गर्न लागको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री एवम् नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेको श्रेष्ठको अध्यक्षतामा नवगठित ९ सदस्यीय अल्मुनाइ एशोसिएसनको तर्दथ समितिको उपाध्यक्ष ,महासचिवमा र कोषाध्यक्षमा क्रमस हर्षसागर तुलाधर, नविनकुमार बर्मा र पुनिता रिमाललाई चयन गरेको छ । त्यस्तै समितिका सदस्यहरुमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा रहेका छन् ।

त्यस्तै एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई समितिको सल्लाहकारमा चयन गरेका छन भने विद्यालयकी प्रधानअध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारमा चयन गरिएको छ ।

मुलत पूर्व विद्यार्थीबीचको भाइचारा सम्बन्ध स्थापित गर्ने र विद्यालयको आसन्न वार्षिकोत्सव लक्षित विभिन्न रचनात्मक कार्य गर्दै एशोसिएसन क्रियाशील हुने लक्ष्य अनुरुप सोही ब्याचका श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend