logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

पछिल्लो २४ घण्टामा २ हजार बढी सवारी चालक कारबाहीमा


  • जन आकाश
  • बुधबार, असार २० २०८०

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् ।



काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् । जसअनुसार मापसेमा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन् ।

यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७ र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend