logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

चर्चित नेपाली रक गायक रविन तामाङको निधन


  • जन आकाश
  • बुधबार, असार २० २०८०

काठमाडौं । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रोबिन तामाङको निधन भएको छ । ६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको हो ।



जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीले तामाङ घरमै मृत भेटिएको पुष्टि गरेका छन् । कार्कीका अनुसार तामाङको शव उनको दुई तले घरको बेडरूममै भेटिएको हो  । तर उनको निधनको कारण खुलिसकेको छैन ।

रोबिनको निधन भएको पुष्टि उनकी दिदी भगवती तामाङले  गरेकी छन् । रोबिनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । तामाङले गीत गाउनुका साथै थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend