logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

दक्षिण अफ्रिकामा  ग्याँस लिक हुँदा १६ जनाको मृत्यु


  • जन आकाश
  • बिहिबार, असार २१ २०८०

काठमाडौं । दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा यो घटना भएको हो ।



स्थानीय अधिकारीहरुले नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको जनाएको छ । नाइट्रेट अक्साइड ग्याँस सुनको अवैध उत्खनन र प्रशोधन गर्नेहरुले प्रयोग गर्दछन् र यसलाई जामा जमास भनिन्छ ।

बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको क्षेत्रका हुन् । अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend