logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रतिनिधिसभाको बैठक  स्थगित


  • जन आकाश
  • बिहिबार, असार २१ २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक असार २२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो अपराह्न ४ बजेको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।



बैठक सञ्चालनका लागि राजनीतिक दलका प्रमुख सचेतकहरुसहितको बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।

केहीदिन पहिले यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रचण्डले दिएको अभिव्यक्ति विवादमा परेपछि प्रतिपक्षी दल एमालेसहितले संसद् बैठकबाट प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्रीले राजीनामा नगरेसम्म संसद् बैठक सञ्चालन गर्न नदिने उनीहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend