logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रातोपुलस्थित निजी निवासमा मृत अवस्थामा भेटिए अभिनेता सारुक ताम्राकार


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८०

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित निजी निवासमा मृत भेटिएका छन् । उनी बिहीबार साँझ घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । यतिबेला पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ३१ वर्षका उनी बिहीबार दिउँसो फिल्म ‘ह्यासट्याग माया’को छायांकन गरेर घर आएका थिए ।



बिहीबार बेलुका उनका बुबा(आमा एक पार्टीमा गएका थिए । सारुकले आफू पनि पार्टीमा आउने जानकारी गराएका थिए । तर, उनी पार्टीमा गएनन् । उनका बुबा(आमा घर फर्किएपछि सारुकलाई मृत अवस्थामा देखेका थिए । उनको निधनको खबरले फिल्म क्षेत्र स्तब्ध बनेको छ । सामाजिक सञ्जालमा फिल्मकर्मीहरुले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

फिल्म ‘रानी’बाट अभिनय करिअर सुरु गरेका सारुकले फिल्म ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ पनि काम गरेका छन् । उनले लामो समयपछि ‘ह्यासट्याग माया’मार्फत् अभिनयमा पुनरागमन गरेका थिए । उनको अन्तिम फिल्म पनि यही बन्न पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend