logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

आजको सुन चाँदीको मूल्य


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८०

काठमाडौं । साताको अन्तिम दिन सुन र चाँदीको मूल्य घटेको छ ।



नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज शुक्रबार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख १० हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख १० हजार ५० र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बिहिबार एक लाख १० हजार ७ सय रुपैयाँमा छापावल, एक लाख १० हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै १३ सय ९५ रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend