logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

साउने सोमबारको व्रत आजदेखि सुरु


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

काठमाडौं । चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । सौर्यमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेकाले आजदेखि नै व्रत सुरु भएको हो ।



चन्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुन्छ । यो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिनाथ मन्दिर दर्शन गर्ने र पूजा आराधना गर्न भक्तजनहरु पशुपतिनाथमा बिहानैदेखि भीड लागेको छ ।

साउनमा अधिकमास परे पनि नित्य पूजा आराधना भने साउन महिनामा नियमित हुने पशुपति क्षेत्र विकास कोषले बताएको छ । चन्द्रमासअनुसार साउन महिना लागेदेखि नै विशेष गरी भारतीय मुलका भक्तजनको भीड लागेको छ ।

साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend