logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बस दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन आकाश
  • सोमबार, असार २५ २०८०

काठमाडौं । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।



मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु २ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि भएको छ ।

उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ । उनीहरूको अवस्था गम्भीर रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend