logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

राष्ट्रिय सभाको बैठक बस्दै


  • जन आकाश
  • बुधबार, असार २७ २०८०

संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ।



बैठकको सुरूमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनेछन्।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

अन्तिममा अर्थमन्त्री डा। प्रकाशशरण महतले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend