जन आकाश
काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले इन्टरनेट बुकिङ्ग इन्जिन (IBE ) सेवा सुरु गरेको छ ।
यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधा अनुसार एअरलाइन्स्को वेबसाइट www.himalaya-airlines.comमा गएर टिकट बुकिङ्ग गर्न सक्नेछन् । यस सुबिधाको प्रयोग गरी यात्रुहरूलाई विभिन्न गन्तव्यहरूसँग जोडिन सहज हुनेछ ।
यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि इसेवावालेट, मास्टर कार्डर भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने Union Pay connectIPS निकट भविष्यमा उपलब्ध हुनेछन् । यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटका मुल्य खोजी, बुकिङ्ग व्यवस्थापन सहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिनेछ ।
एअरलाइन्स्ले ब्यागेज प्रि–बुकिङ्ग, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ्ग,संयुक्त सेवाहरू (combined services) चयन गर्ने जस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ । साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नको निम्ति अनलाईन चेक(online check-in) पनि गर्न सक्नेछन् ।
यस नयाँ सेवाको सुरुवात भएकोमा एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भन्नुभयो,“हाम्रा ग्राहकहरू हामीले प्रदान गर्ने सबै सेवाका केन्द्र हुन् र हामी ग्राहकहरूलाई बढीभन्दा बढी गुणस्तरिय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटको लागि सरल, छिटो–छरितो र अधिक सुविधा जनक प्रयोगकर्ता अनुभवको आनन्द प्रदान हुने गरीे इन्टरनेट बुकिङ्ग इन्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend