logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

एन आई सी एशिया बैंकद्वारा पाँच ग्राहकलाई दुर्घटना बीमा वापत ५० लाख हस्तान्तरण


  • जन आकाश
  • बिहिबार, असार २८ २०८०

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले ल्याएको आकर्षक फाइदासहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्र्तगत दुर्घटनामा परी ज्यान गुमाउनु भएका पाँच जना ग्राहकहरुका परिवारलाई प्रतिव्यक्ति रु.१० लाखको दरले कुल रु .५० लाख हस्तान्तरण गरिएको छ ।



बैंकका विभिन्न शाखा कार्यालयहरूमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका ग्राहक महानुभावहरूको दुर्घटनामा परी मृत्यु भएपछि खातामा उपलब्ध बीमा रकम मृतकका परिवारहरूलाई हस्तान्तरण गरिएको हो ।

दुर्घटना बीमा वापतको बीमा लाभ प्राप्त गर्नुहुने ग्राहक महानुभावहरूमा चितवनस्थित बसेनी शाखामा खाता खोल्नु भएका मृतक देवेन्द्र प्रसाद बछाडको भाइ राजन प्रसाद बछाड, रुपन्देहीस्थित ड्राइभर टोल शाखामा खाता खोल्नु भएका मृतक सम्राट खनालको बुबा लक्ष्मण खनाल, बर्दियास्थित भुरीगाउँ शाखामा खाता खोल्नु भएका मृतक आशिष थारुको बुबा दुल्लु राम थारु, सुनसरीस्थित झुम्का शाखामा खाता खोल्नु भएका मृतक चन्द्रराज दाहालकी श्रीमती लछीमा देवी घिमिरे दाहाल र स्याङजास्थित कृषि शाखामा खाता खोल्नु भएका मृतक कृष्ण प्रसाद भण्डारीकी श्रीमती टंकी देवी भण्डारी हुनुहुन्छ । निज लाभग्राहीहरूले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा उक्त लाभ रकम प्राप्त गर्नुभएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend