logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

नेपाल नगरपालिका संघको एकदिने गोष्ठि सम्पन्न


  • जन आकाश
  • बिहिबार, असार २८ २०८०

मोहन कार्की ।
काठमाडौं । नेपाल नगरपालिका संघले नगरपालिकाहरुको रणनीतिक योजना २०७६–८१ पुनरावलोकन, प्रथामिकिकरण तथा छलफल कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमको उदेश्य विगतका अनुभव, वर्तमानका चुनौती र भविष्यमा गर्ने कामको वारेमा रहेको थियो । नेपाल नगरपालिका संघको कार्यसमितिमा रहेका कार्यसमितिका जन प्रतिनिधिहरुको क्षमता अभिबृद्धि गर्नको लागि २०८० असार २८ गते काठमाडौको नक्सालस्थित म्यारिट होटलमा कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा दातृ निकायका दाताहरुको समेत सहभागिता रहेको थियो ।



उक्त कार्यक्रम ब्यापक छलफल पछि नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङगानाले उठेका प्रश्नहरुको र नेपाल नगरपालिका संघले भोग्नु परेका समस्याहरु सावधान गर्ने उपायसहित सुझाव दिएर समापन गरेका थिए । ढुङगानाले समापन गर्ने क्रममा नगरपालिकाहरुले स्थानीय तह लेख्न र बोल्न छोडौ स्थानीय सरकार लेखौ भनेर बोलिरहदा तालीको बर्ष भएको थियो ।

कार्यक्रममा रणनीतिक योजना र प्रगती विवरण नेपाल नगरपालिका संघका सदस्य सचीव कलानीधि देवकोटाले प्रस्तुत गरेका थिए । देवकोटाले प्रस्तुत गरेको प्रतिवेदन माथि आमन्त्रित अथिति संविधान विद कासीराज दाहाल, पुर्व सचीव सोमलाल सुवेदी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालनन्द पौडेलले नयाँ संविधान जारी भएपछि भएका प्रगती, चुनौती, र गर्नुपर्ने कामहरुको वारेमा टिप्पणी गरेका थिए ।

उक्त कार्यक्रमको टिप्पणीकारले टिप्पणी गरिसकेपछि उपस्थित कार्यसमितिका पदाधिकारीहरुको लागि फ्लोर ओपन गरिएको थियो । रणनीतिक योजनाको वारेमा मेयर र उपमेयरहरुलाई वुदागत रुपमा आफ्ना सुझावहरु राख्न भनिएको थियो ।

सुझावको लागि फ्लोर ओपन भएपछि बिभिन्न पदाधिकारीहरुले आफ्ना सुझावहरु सहित अनुभपव कार्यक्रममा राखेका थिए । कार्यक्रम तोकेको समयभन्दा ढिलोसम्म चल्ने भएकाले धेरै लामो सुझाव नदिन र कार्य समितिको बैठकमा राख्न आग्रह गरिएको थियो ।

उक्त कार्यसमितिमा नेपाल नगरपालिका संघमा ५० जना सदस्य रहेका छन् ।

३ बजेवाट ५ बजेसम्मको लागि आमन्त्रितहरुलाई बोलाइएको थियो कार्यक्रम झण्डै ६ बजेसम्म चलेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend