जन आकाश
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड निस्शुल्क गर्न परिपत्र गरेको छ।
मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड निस्शुल्क गर्न परिपत्र गरेको हो।
केही अस्पतालहरूले गरिब, विपन्न लगायतलाई निस्शुल्क बेड दिन थालिसकेको मन्त्रालयले जनाएको छ।
१६ वटा अस्पतालले निस्शुल्क बेड दिएको छ। ती अस्पतालले अहिलेसम्म ३ हजार ५ सय २३ बेड निस्शुल्क गरिसकेको छ।
वीर अस्पतालले ७००, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५० र राष्ट्रिय ट्रमा सेन्टरले १५० वटा बेड छुट्याएको छ।
त्यसैगरी, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ९०, मानसिक अस्पताल ललितपुरले ४०, कोशी अस्पतालले ३३०, नारायणी अस्पतालले २५५, गजेन्द्र नारायण अस्पतालले १००, भरतपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३००, भेरी अस्पतालले ५०, डडेल्धुरा अस्पतालले ३०, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० वटा बेड निस्शुल्क उपलब्ध गराएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend