logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सूचनाको हक सम्बन्धि कानुनको व्यावहारिक कार्यान्वयनमा जोड


  • जन आकाश
  • आइतबार, असार ३१ २०८०

काठमाडौं । सूचनाको हक लोकतन्त्रको मेरुदण्ड भएकाले यस संबन्धि ऐनकानुनहरुको व्यावहारिक कार्यान्वयन जरुरी रहेको सरोकारवालाहरुको भनाई छ । नागरिकले सहज रुपमा सूचना पाउने अवस्था समृद्ध लोकतन्त्रको मानक समेत भएकाले सूचना लिने र दिने दुबै पक्ष यसमा जिम्मेवार बन्नुपर्ने उनीहरुको धारणा थियो ।



राष्ट्रिय सूचना आयोगले सोमबार जिल्ला समन्वय समिति नुवाकोटको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सूचनाको हकको महत्व, यस संबन्धि कानुनहरु कार्यान्वयनको अवस्था र सरोकारवालाहरुको भुमिकाका बिषयमा धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र बिक्रमसिंह ठकुरीले संबिधानले नागरिकको सूचना पाउने अधिकारलाई स्थापित गरेपनि यसको व्यावहारिक कार्यान्वयनमा जटीलता देखिएको बताउँदै सम्बद्ध सबै पक्ष यसको पूर्ण कार्यान्वयनमा जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

त्यसक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला वलीले नागरिकको संबिधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयनका लागि आयोग क्रियाशिल रहेको बताउँदै नागरिकलाई सूचना माग्दा नदिने प्रबृत्ती कानुनत  दण्डनीय रहेको बताईन् ।

कार्यक्रममा आयोगका सचिव दिवस आचार्य र नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले सूचनाको हकको महत्व र यस संबन्धि कानुनहरुको कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend