logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कसैले धुपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन : मन्त्री ज्वाला


  • जन आकाश
  • आइतबार, असार ३१ २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अहिलेको सत्तागठबन्धन बलियो भएकाले कसैले चाहँदैमा नढल्ने दाबी गरेका छन् । आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।



उनले नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढलोस् भनेर धुपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरे। प्रतिगमन विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू एक ठाउँमा रहेको उल्लेख गर्दै उनले गठबन्धन ढाल्ने सपना नदेख्न आग्रह गरे ।

उनले भने, ‘अहिलेको गठबन्धन बलियो धरातलमा उभिएको छ, यो कसैले ढलोस् भनेर चाहँदैमा, धुपबत्ती गर्दैमा गठबन्धन ढल्दैन । किनभने यसको ग्राउन्ड छ । प्रतिगमनका विरुद्धमा एकजुट भएर सडकदेखि अदालतसम्म लडेका शक्तिहरू छन् । जटिल मोडहरूमा एकताबद्ध भएका शक्तिहरू एक ठाउँमा छन् ।

यो ढलेर फाइदा पाइहाल्छौँ कि भनेर आशावादी भएकाहरूको आशा पूरा हुँदैन ।’ मन्त्री ज्वालाले समाजवादी मोर्चा सरकार बलियो बनाउने र टिकाइरहने मात्रै नभई गठबन्धनको दीर्घकालीन फाइदाका लागि बनेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend