जन आकाश
काठमाडौ । निर्वाचन आयोगले तोकेको समयमा लेखा प्रतिवेदन सार्वजनिक नगर्ने राजनीतिक दलहरुलाई जरिवाना गरेको छ । त्यसैगरी ७ दिनको म्याद दिदापनि लेखा प्रतिवेदन बुझाउन नसकने राजनीतिक दलहरुलाई निर्वाचन आयोगको ऐनमा व्यवस्था भए बमोजिम जरिवाना गरिएको निर्वान आयोगले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन आयोगको बिज्ञप्तिमा भनिएको छ ।
“राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक
दलहरूले आर्थिक बर्ष समाप्त भएको ६ (छ) महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखापरीक्षकबाट लेखापरीक्षण
गराई एक महिनाभित्र सो लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरी सार्वजनिक गर्नु पर्ने कानूनी व्यवस्था रहेको छ। कानुनमा
व्यवस्था भए बमोजिम नगर्ने राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५४ बमोजिम निम्नानुसार
सचेत गराउन तथा जरिवाना गर्न आयोगले मिति २०८०/०४/०१ मा निर्णय गरेको छ ।
१। आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमा भित्रै पेश गर्ने ८२ (बयासी) राजनीतिक दललाई
लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र विभिन्न माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ (सात)
दिनभित्र सोको जानकारी आयोगमा गराउन आयोगबाट सूचना प्रकाशन तथा पत्राचार गरिएकोमा समयभित्रै
लेखापरीक्षण प्रतिवेदन पेश गर्ने ८२ (बयासी) दलहरूमध्ये ४३ वटा राजनीतिक दलले आ.व. २०७८/७९ को
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आयोगमा प्राप्त भएको तर आयोगले तोके बमोजिम
आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकेको समयावधि भित्र सार्वजनिक गरी सोको जानकारी आयोगमा
पेश नगर्ने ३९ (उन्नचालीस) राजनीतिक दललाई रु. ७,०००।( (सात हजार) रुपैयाँका दरले जरिवाना गर्ने र सो आ.व.
को लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी ७ (सात) दिनभित्र
आयोगमा पेश गर्न आदेश दिने।
२. त्यसैगरी बुँदा नं. १ बमोजिमका विभिन्न राजनीतिक दल मध्ये १२ (बाह्र) राजनीतिक दलले तोकिएको समयसिमा
व्यतित भएपछि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा उपलब्ध गराएकोले त्यस्ता
दलहरूलाई अब उप्रान्त लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दा आयोगले तोकेको समयसिमा भित्रै सार्वजनिक गर्न सचेत
गराउने।
३. आर्थिक बर्ष २०७७र७८ / २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने ५ (पाँच) राजनीतिक दललाई कानुन
बमोजिम स्पष्टीकरण पेश गर्न आदेश दिइएकोमा २ (दुई) राजनीतिक दलले तोकिएको समयभित्र स्पष्टीकरण सहित
लेखापरीक्षण प्रतिवेदन पेश गरेका छन् । ती दलहरूले पेश गरेको स्पष्टीकरण व्यहोरामा उल्लेख गरेका आधार र कारण
चित्तबुझ्दो नदेखिएकोले अब आइन्दा कानुनले तोकेको समयसिमा भित्रै लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्न र
स्पष्टीकरण सहित आयोगमा पेश भएको लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी
सोको जानकारी ७ (सात) दिनभित्र आयोगमा पेश गर्न आदेश दिई प्रत्येक दललाई रु १५,०००।( (पन्ध्र हजार) रुपैयाँका
दरले जरिवाना गर्ने निर्णय भएको छ।
त्यसैगरी सोधिएको स्पष्टीकरणको जवाफ तोकिएको समयभित्र पेश नगर्ने बाँकी ३ (तीन) राजनीतिक
दललाई कानुन बमोजिम रु. २०,०००। (बीस हजार) रुपैयाँका दरले जरिवाना गरी त्यस्ता राजनीतिक दललाई ६ (छ)
महिनाभित्र दलको आय व्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन
आयोगमा बुझाउँन आदेश दिने ।
४. आ.व. २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयभित्र पेश नगर्ने १६ (सोह्र) राजनीतिक दललाई
स्पष्टीकरण सोधिएकोमा तोकिएको समयावधि भित्र ८ (आठ) राजनीतिक दलबाट स्पष्टीकरण पेश भएकोमा पेश
भएको स्पष्टीकरणको व्यहोरा चित्तबुझ्दो नदेखिएकोले ४ (चार) राजनीतिक दललाई रु १०,०००। (दश हजार)
रुपैयाँका दरले जरिवाना गरी लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र सार्वजनिक गर्न र सोको जानकारी ७ (सात)
दिनभित्र आयोगमा पेश गर्न आदेश दिइएको त्यसैगरी तोकिएको समयभित्र स्पष्टीकरण पेश गर्ने तर सो आ।व। को
लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने बाँकी ४ (चार) राजनीतिक दललाई रु. १५,०००।(पन्ध्र हजार) रुपैयाँका दरले
जरिवाना गरी ती दलहरूलाई ६ (छ) महिनाभित्र दलको आय व्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको
जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने ।
साथै, कानुन बमोजिम आफ्नो दलको आय र व्ययको लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने र सोको कारणसहित स्पष्टीकरण
पनि पेश नगर्ने बाँकी ८ (आठ) राजनीतिक दललाई रु. २०,०००।(बीस हजार) रुपैयाँका दरले जरिवाना गर्ने र त्यस्ता
दललाई ६ (छ) महिनाभित्र दलको आय व्ययको लेखापरीक्षण गराई सार्वजनिक गरी सोको जानकारी सहितको
लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने ।
५. आर्थिक बर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन कानूनले तोकेको समयावधि व्यतित भएपछि पेश गर्ने ९ (नौ)
राजनीतिक दललाई स्पष्टीकरण सोधिएकोमा तोकिएको समयावधि भित्र स्पष्टीकरण पेश गर्ने ८ (आठ) राजनीतिक
दलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले रु। ७,०००।(सात हजार) का दरले जरिवाना गरी पेश भएको
सो आ।व। को लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको जानकारी सहितको
लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने निर्णय भएको छ ।
त्यसै गरी तोकिएको समय भित्र स्पष्टीकरण पेश नगर्ने बाँकी १ (एक) राजनीतिक दललाई रु. १०,०००।(दश हजार)
रुपैयाँ जरिवाना गरी सो आ.व. को लेखापरीक्षण प्रतिवेदन ७ (सात) दिनभित्र तोकिए बमोजिम सार्वजनिक गरी सोको
जानकारी सहितको लेखापरीक्षण प्रतिवेदन आयोगमा बुझाउँन आदेश दिने ।
जरिवानामा परेका पार्टीहरु कुन दललाई कति जरिवाना हेर्नुस् ।
सात हजारसम्म मात्र जविाना लाग्ने राजनीतिक पार्टीहरु
१ नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी)
२ राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
३ राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी
४ मधेश तराई फोरम
५ नेपाल पूर्वराष्ट्र सेवक (लोकतान्त्रिक पार्टी
६ नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी
७ मधेशी जनअधिकार फोरम मधेश
८ बहुजन शक्ति पार्टी
९ खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
१० नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक
११ बहुजन समाज पार्टी नेपाल
१२ नेपाली जनता दल
१३ राष्ट्रवादी एकता पार्टी
१४ तामाङसालिङ लोकतान्त्रिक पार्टी
१५ अखण्ड सुदूरपश्चिम पार्टी नेपाल
१६ संघीय विकासवादी पार्टी नेपाल
१७ राष्ट्रिय एकता मञ्च
१८ जनजागरण पार्टी नेपाल
१९ राष्ट्रिय नागरिक पार्टी
२० जनसमाजवादी पार्टी, नेपाल
२१ राष्ट्रवादी युवा मोर्चा
२२ नेपाल समाजवादी पार्टी (लोहियावादी
२३ इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल
२४ आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२५ जन प्रजातान्त्रिक पार्टी, नेपाल
२६ नेपाल संघीय समाजवादी पार्टी
२७ राष्ट्रिय समाजवादी पार्टी नेपाल
२८ सामाजिक लोकतान्त्रिक पार्टी
२९ प्रजातान्त्रिक पार्टी नेपाल
३० नेपाल मातृभुमि पार्टी
३१ माओवादी कम्युनिष्ट पार्टी, नेपाल
३२ नेपाल सदभावना पार्टी
३३ राष्ट्रिय सद्भावना पार्टी
३४ उन्नत लोकतन्त्र पार्टी
३५ नेपाल विवेकशील पार्टी
३६ तराई मधेश लोकतान्त्रिक पार्टी
३७ नेपाल सुशासन पार्टी
३८ नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३९ देशभक्त लोकतान्त्रिक पार्टी, नेपाल
सात हजारभन्दा बढी जरिवानामा परेका राजनीतिक पार्टीहरु
नेपालका लागि नेपाली पार्टी
नेपाल मजदुर किसान पार्टीँ
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी पुष्षलाल
एकीकृत शक्ति नेपाल
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
नयाँ पार्टी, नेपाल
किरात खम्बुवान साझा पार्टी
राष्ट्रिय जनमोर्चा
मितेरी पार्टी, नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
राष्ट्रिय विकास पार्टी
चुरेमुस्कान सेना नेपाल पार्टी
शिव सेना नेपाल
भावर लोकतान्त्रिक पार्टी
आम आदमी पार्टी नेपाल
राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक
नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक
पिछडावर्ग निषाद दलित जनजाती पार्टी
नेश्नलिष्ट पिपल्स पार्टी
समाजवादी पार्टी नेपाल
नेपाल दलित पार्टी
नेपाः राष्ट्रिय पार्टी
गान्धीवादी पार्टी नेपाल
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
समाजवादी केन्द्र, नेपाल
नेपाल नौलो जनवादी पार्टी
नेपाल राष्ट्रवादी पार्टी
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल
माओवादी जनमुक्ति पार्टी नेपाल
सामाजिक एकता पार्टी
साझा पार्टी, नेपाल
नेपाल कम्युनिष्ट पार्टी (गौरबशाली)
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend