जन आकाश
काठमाडौ । राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा र युुएनडिपी,एनटिभीको सहयोगमा तीन दिने फोटो जर्नालिजम तालिम सम्पन्न भएको छ । काठमाडौको भृकुटीमण्डपमा २०८० साल साउन २ गतेवाट शुुरु गरिएको तालिमलाई फोटो जर्नालिजम प्रशिक्षण किशोर श्रेष्ठले दिएका थिए । कार्यक्रम संयोजक प्रदिप श्रेष्ठ रहेका थिए । फोटो पत्रकार समूूहको तर्फवाट सागर श्रेष्ठ र भगवती थापाले कार्यक्रम अवधिभर सहयोगीको भुमिका निर्वाह गरेका थिए । प्रशिक्षणको अवधिभर बिभिन्न तरिकाले उत्साहका साथ प्रशिक्षर्थीहरुलाई तालिम दिइएको थियो ।

टुरिजम वोर्डका सञ्चार संयोजक टिभी भुसालले , फोटो पत्रकारको नेपालमा प्रवेश कहिले देखि भयो यसको विगतको अनुुभव के छ आज के हुदै छ साथै कानुुनी व्यवस्थाहरु र अवस्था हेरेर फोटो पत्रकारिता गर्नुुपर्छ भन्ने सन्देशमुलक र पत्रकारिताको आचारसंहिताको वारेमा प्रशिक्षण दिएका थिए । त्यसैगरी प्रक्टिकलको रुपमा फोटो पत्रकार समूहका किशोर श्रेष्ठले प्रशिक्षणको दोस्रो दिन अर्थात साउन ३ गते भृकुटीमण्डपवाट काठमाडौको बसन्तपुुर दरवार स्क्वायरसम्म प्रशिक्षार्थीलाई लगेर प्रक्टिकल गराएका थिए ।
कार्यक्रम समापनको क्रममा युएनडिपीका धर्मा दुवाडीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रम गर्न पाउदा खुुशी लागेको बताएका थिए । सवै दिन म बस्न पाइन तर निरन्तर रुपमा तीनदिनसम्म तपाईहरुको सहभागीता देखेर हामीलाई यस्ता कार्यक्रम गर्न उत्साहित भएको भनि भनाई राखेका थिए ।
टुरिजम वोर्डका मेनेजर सुुनिल शर्माले फोटो पत्रकारिताको अनुुभव सुनाउदै आउदा दिनमा टुुरिजम वोर्डले गर्ने हरेका कार्यत्रमहरुलाई फोटो पत्रकारिताको माध्यवाट देशलाई चिनाउन सकिने स–सना क्षेत्रले पनि धेरै प्रगति गर्न सकिने बताएका थिए ।
सिक्न आउने प्रशिक्षार्थीहरुले अनिवार्य आफैले क्यामेरा लिएर आएका थिए । झण्डै ७० जनाको हाराहारीमा उपस्थिति रहेका प्रशिक्षार्थीहरु देशका बिभिन्न जिल्लावाट प्रशिक्षण लिन आएका हुुन् । सिक्न आउने प्रशिक्षर्थाीहरुमा उल्लेखिय मात्रमा महिलाहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा सहभागीहरुले आ–आफ्ना अनुुभव सुनाउदै भने, “क्यामेरा बोकेर फोटो बषौदेखि खिच्दै आएको तर फोटाको अवस्था र लाइट कसरी मिलाउने अध्यारोमा कसरी फोटो खिच्ने जस्ता समस्याले हैरान भएका थियौ तर यो तीन दिन प्रक्टिस गरेपछि सोचेको जस्तो फोटो खिच्न सक्ने भयौ त्यसकारण आयोजक टिमलाई धन्यवाद ”भन्दै धन्यवाद दिएका थिए ।
यसपटक धेरै प्रशिक्षार्थी भएको हुनाले अझै प्रफेक्टली हुन नसकेको हुदा आउदा दिनमा सेलेक्टेड थोरै संख्यामा एडभान्स तालिम दिने वातावरण बनाउने कार्यक्रम संयोजक प्रदीप श्रेष्ठले जानकारी दिएका थिए ।
कार्यक्रम सपापन पछि संयुक्त फोटो खिचिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend