logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

मुक्तिनाथ विकास बैंक Gold Award बाट सम्मानित


  • जन आकाश
  • सोमबार, साउन ८ २०८०

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदनमान  (NFRS) प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएका गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (Best Presented Annual Report Award,2022 )मावि भिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक Gold Award   बाट सम्मानित भएको छ ।



यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरि लगातार चौथो पटक पुरस्कृत भएको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  (ICAN) ले Best Presented Annual Report AwardljleGg  विभिन्न ४ विधामा प्रस्तुत गरेको थियो ।

विधाहरुमा १. बैंकिङ्ग क्षेत्र (बाणिज्य बैंक समूह) २. वित्तीय क्षेत्र (अन्य सम्पूर्ण वित्तकार्य गर्ने कम्पनीहरु ) ३. शक्ति र उर्जा क्षेत्र ४.निर्माण क्षेत्र रहेका छन् । विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्बोकृष्ट पुरस्कार प्राप्त गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend