जन आकाश
काठमाडौ । मिती २०८० श्रावण ०८ गतेका दिन प्रभु बैंक लिमिटेड र न्यू प्लाजा, पुतली सडकस्थित पिज फाइर रेष्टुरेन्टका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट वरिष्ठ बजार व्यवस्थापक शेखर राजवस्ताकोटी र पिज फाइर रेष्टुरेन्टका तर्फबाट कार्यकारी निर्देशक तथा प्रोप्राइटर महेश खत्रीद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक र उक्तरेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरु तथा बैंकका सम्पूर्ण कर्मचारीहरुले पिज फाइर रेष्टुरेन्टद्धारा प्रदान गरिने “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।
उतm सम्झौता अन्तर्गत पिज फाइर रेष्टुरेन्टमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको क्यु.आर.कोड डेबिट कार्ड,क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, पिज फाइर रेष्टुरेन्टमा विशेष ग्राह्यता प्रदान गरिने समझौतामा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend