जन आकाश
काठमाडौ । स्वर्गीय कर्मयोगी बद्रीबिक्रम स्मृति पुरुस्कार तिलगंगा आखाँ प्रतिष्ठानलाई प्रदान गरिने भएको छ । आज कर्मयोगी बद्रीबिक्रम थापाको १०१ औ स्मृति दिवसको अवसर पारेर २२२२२२ (अक्षरुपी दुईलाख बाइस हजार दुइ सय बाईस रुपैया) रासीको पुस्कार प्रत्येक बर्ष राष्ट्रलाई योगदान पु¥याएका व्याक्तित्व र संस्थालाई प्रदान गरिदै आएको छ । सोही मुताविक यस बर्ष तिलगंगा आखाँ प्रतिष्ठानलाई उक्त पुरुस्कार प्रदान गर्न लागेको कर्मयोगी बद्रीबिक्रम थापा गुठीले जानकारी गराएको हो ।
उक्त पुरुस्कार काठमाडौको राष्ट्रिय सभा गृहमा पुर्व उपकुलपति प्रा.केदारभक्त माथेमाको प्रमुख अतिथिमा समारोह गरी प्रदान गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।
कार्यक्रम दिउसो २ः३० वाट शुरु हुने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend