जन आकाश
काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल सञ्चालन हुने छैनन्।भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुई खेल हुनेछन्।
शनिबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्। दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
त्यस्तै, शनिबार साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। शनिबारका दुवै खेलले प्रतियोगिताको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend