जन आकाश
काठमाडौं । जिम्मा लिएको निर्माण कार्य निर्धारित समयमा सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सरकारले कालोसूचीमा राखेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम कारबाहीमा परेका कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।
कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रिया तथा ठेक्कापट्टामा सहभागी हुन पाउने छैनन्।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार निर्माण कार्य समयमै सम्पन्न नगर्ने तथा सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्ने कम्पनीमाथि यस्तो कारबाही गरिएको हो। कालोसूचीमा परेका कम्पनीहरूको नाम, ठेगाना र प्रतिबन्धको अवधि सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचनामा उल्लेख गरिएको छ।
सरकारले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले यस्तो कारबाही गर्दै आएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend