जन आकाश
मोहन कार्की ।
देशमा रोजगार सृजना गर्ने उद्योग छैनन् ।
ब्यापार विदेशी सामान बेच्ने टे«डिङग मात्र ।
जलविद्युतको कुरा धेर, उत्पादन थोर ।
कृषि क्षेत्रको अनुदान काजगमा सिमित ।
सरकार कसरी चल्छ किन चल्छ जनतालाई छु मतलव ।
काठमाडौ । नेपालमा राजनीतिक परिवर्तन खोज्न थालिएको झण्डै एक दशक पुग्न लागेको छ । अलि पर नगईकन राणाकालीन शासनलाई ढालेर प्रजतन्त्र भनिएको व्यवस्था ल्याएको नै ७३ बर्ष भईसकेको छ । त्यसलाई पनि प्रजा परिषदको ईतिहाँस जोड्ने हो भने ८० बर्ष भएको छ । गणतन्त्र स्थपना गरेको २०६५ साललाई मान्दा १६ बर्ष लागेको छ । तै पनि राजनीतिक स्थाईत्व देशले पाउन सकेको छैन ।
कहिले कुन पार्टीको सरकार बन्छ । पार्टीको नीति एउटा हुन्छ । सरकारमा गएपछि व्यवहार अर्को हुन्छ । यो क्रमशः चल्दै आएको छ । यस्ता चलनहरु विगतदेखि वर्तमानसम्म यथावत छन् । कहिले कुन पार्टीको नाममा अमुक नेताहरुलाई सरकारमा पुग्न मन लागेको हुन्छ र त्यसै नेताहरुले यो व्यवस्था ठिक छैन अर्को के के नाम दिएका गफ चुट्ने तरिका अपनाउछन् । कसैले क्रान्ति भने, कसैले जन आन्दोलन भने नाम जे जे दिएपनि अन्तमा देशलाई विगारेर होस् वा आफ्नै देशभित्रका मानिसहरुलाई बिभिन्न आरोप लगाएर मारेर हुन्छ वा तर्साएर भएपनि सरकारमा आफु पुग्न गरेका कर्म वाहेक अरु केही देखिदैन ।
रामेको ठाउँमा स्यामे, स्यामेको ठाउँमा काले, कालेको ठाउँमा गोरे, यस्तै यस्तै । नेपालका क्रान्ति, जन आन्दोलन, सत्यग्रह जनयुद्ध जे जे नाम दिएका भएपनि सरकारमा पुग्न सत्ताको रस चाख्न गरिका आन्दोलन वाहेक अरु केही काम गर्न लायक हुन जस्तो देखिदैन । जनताले लगाउने आरोपलाई आधार मान्ने हो भनेत झनै विदेशीका गोटी अर्थात सिक्किमीकरण गर्न नेपाललाई कमजोर बनाएर नेपालको अस्तित्व नै मेटाउनेसम्म आरोप वेला बखतमा राजनीतिक पार्टीका सरकारमा रहेका महत्वपूर्ण व्यक्तिहलाई लाग्ने गरको छ । त्यो कति सत्य हो । समय र अवस्थाले निर्धारण गर्दै जाला ।
अहिलेको वर्तमान राजनीतिमा देखिएको अन्यौलता पूराना भनिएका काँग्रेस,एमालेलाई जनताले फाटेको कपडाको रुपमा र थोत्रो भइसकेको जनाउ दिएकमा छन् । २०५२ सालवाट नेकपा माओवादीको रुपमा स्थापना भएको विगतको मशाल बर्तमानको नेकपा माओवादी केन्द्र २०६४ सालदेखि ३ पटक सरकारको सत्ताको रस चाख्ने ठाउमा नेतृत्व गरिरहेको छ । भने स्थानीय निकायमा पनि तेस्रो स्थानको हैशियतमा स्थानीय सरकार चलाई रहेको छ । केही केही छिट्टफुट स्थानीय निकायमा राप्रपा, जसपा लगायतका पार्टीको पनि नाम अलि अलि छ । जसमा सवै पुराना नेताहरु जो विगतमा नेपाली काँग्रेस, एमाले, माओवादीका कार्यकर्ता नै असनतुष्टि भएर पाखा लागेकाहरु नै जसपा, वा अन्य दलवाट चुनाव जितेका हुन् ।
यसरी हेर्दा देशमा तीन तहको सरकार छ र संघ, प्रदेश, स्थानीय–स्थानीय तहमा गाउँसभाले प्रदेश र संघसँग नबाझिने गरी आफ्ना स्थानीय कानुनहरु बनाउन सक्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग गर्न सक्ने छ । यसरी धेरै प्रकारका अधिकार प्रत्यायोजित गरेको छ । तर पनि स्थानीय तह, प्रदेश, संघमा जनतामा अहिले नेतृत्व गरिरहेका पार्टी, व्याक्तिहरुमा विश्वासको वातावरण बनेको देखिदैन । जनताले प्रश्नहरु गरिरहेका छन् । देशमा नै रोजगार सृजर्ना गर्ने काम किन गर्दैनन् हाम्रा छोराछोरी विदेश जान रोक्न विदेशमा जतिकै अवसर याहा सृजना किन गर्दैनन् ।
यस्ता प्रश्नहरु जताततै सुनिन्छ । यस्तो जनताको मुल मर्मको विषयमा सम्भावित क्षेत्रहरु पहिचान गरेर आत्मनिर्भर नीति देशको कुनैपनि सरकारले गरेको देखिदैन कागजमा उल्लेख गरेपनि कृषिप्रधान देशमा सिजनको वेला मल पाइदैन । मल कारखाना खोल्ने हल्ला धेरै गर्ने तर कृषिप्रधान देशमा मल कारखाना खोल्दैनन् । जलस्रोतको धनि देशमा विद्युतवाट चल्ने गाडीलाई बढी भन्सार लिन्छन् । विद्युतको प्रयोग र उत्पादनमा बढी नै झन्झट गराउछन् । उद्योग कलकारखाना खोल्न प्रोत्साहन गदैनन् । यस्ता प्रश्न उठिरहेका वेला सरकार बनाउने र भत्काउने खेलमा राजनीतिक पार्टीहरु अल्झेर विषयन्तर गरेको देखिन्छ ।
हुनत २०८९ मा प्रदेश र संघको निर्वाचन अगाडी मात्र स्थापना भएको स्वतन्त्र पार्टी नेपाल स्थापना भएपनि केही युवाहरुको आकर्षण त्यस पार्टीमा पनि बढेको देखिन्छ । विगतमा यस्ता पार्टीहरु खुल्ने अरुलाईं गाली गर्ने र अफ्नो पार्टी मात्र ठिक भन्ने जमातहरुले एकपछि अर्को गर्दै कालेको ठाउँमा गोरे, गोरेको ठाउममा काले सरकारमा परिवर्तन भए सरकारनै परिवर्तन पनि भए व्यवस्था अर्थात संविधान पनि पटक पटक परिवर्तन भयो तर जनताको अवस्था जाहाको त्यही रहेको छ । झन झन देशवाट युवा पलायन हुदै देश नै बृद्धाबृद्धाको देश मात्र हुन लागेको छ । यो देशमा राजनीतिक अस्थिरताको लामो कालखण्डले ल्याएको बिकृतिले जन्माएको समस्या हो ।
यसवाट मुक्त हुन राजनीतिक रुपमा आएका तुटीहरुलाई सुधार नगर्ने र शक्ति राष्ट्रहरुको निर्देशन बमोजिम मात्र चल्ने हो भने देशको नाम त रहला तर नेपाली समुदायको भविष्य सुनिश्चित हुने कुरामा निर्धक्क हुन सक्ने ठाउ छैन ।
यस्ता समस्यालाई सावधान गरेर देशको राजनीतिक अन्यौलताको अन्त्य गर्दै देशले ५ बर्ष १० बर्ष लगाएर के के कुरामा आत्मनिर्भर बन्ने सम्भावित क्षेत्रहरु पहिचान गरि काम थाल्ने र जनतामा परेको अन्यौलतालाई चिरेर जन विश्वास कायम गर्ने नीति तत्काल ल्याउन सक्नुपर्छ । तव मात्र देशका जनता ढुक्क हुन सक्नछन् र देशको मुहार फेर्न सकिन्छ । देशमा नै सवै नेपाली अटाउन सक्छन् । सम्भावनालाई अवसरमा बदल्न सक्छन् । यस्तो काम राजनीतिक गर्छु भनेर लागिरहेका व्यवस्थापिकामा निर्वाचित भएर गएकाहरुले छलफल गरेर जनताको पक्षमा काम गरे मात्र पलायन हुदै गएका युवापुस्ताहरु रोक्न सकिन्छ र नेपाल र नेपालीको अस्तित्व रहन सक्छ । यस्ता काम सम्बन्धि निकायले गरुण र देशमा बढ्दै गएको अन्यौलतालाई हटाउन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend