जन आकाश
काठमाडौं । ज्योति विकास बैंकद्वारा अतुलनीय विशेषता, निःशुल्क सुविधा र विशेष छुट सहितको “सुपर स्मार्ट सेभिङ्ग्स” बचत योजना सार्वजनिक गरेको छ । न्युनतम मौज्दात मात्र रु.१५ मा १५ महिनासम्म १५ सुविधाहरु निःशुल्क तथा विशेष छुट सहितको निक्षेप योजना बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको हो ।
ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजरमा राखी ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गराउनुका साथै आर्थिक रुपले समृद्ध बनाउने उद्देश्यका साथ“सुपर स्मार्ट सेभिङ्ग्स” बचत खाता संचालनमा ल्याइएको हो ।
यस खाताले ग्राहक वर्गलाई बचत संगै Ipo हरुमा लगानीको सुरुवात गर्न एकदम सहजता प्रदान गर्ने छ । हाल बजारमा उपलब्ध बचत खाताहरुमा पाईने सुविधाहरु भन्दा यस बचत खातामा ग्राहकहरुले दोब्बर सुविधाको लाभ पाउनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend