जन आकाश
काडमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल कर्पोरेसनलाई नयाँ मूल्य सूची पठाएको छ । आईओसीले पठाएको मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
भारतबाट डिजेलको मूल्य लिटरमा सात रुपैयाँ, पेट्रोल आठ रुपैयाँले बढेर आएको हो । यस्तै, मट्टीतेल लिटरमा सात रुपैयाँ ५० पैसा र हवाई इन्धन आठ रुपैयाँ ५० पैसाले बढेर आएको निगमले जनाएको छ ।
खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेर आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend