logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या


  • जन आकाश
  • बुधबार, साउन १७ २०८०

काठमाडौं  । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।



मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् । मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

श्री प्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खाँणले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend