जन आकाश
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न Foodmandu संग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग कर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार Foodmandu मा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग कर्ताहरुले QR Code स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २००सम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम रु. ३०० सम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोग कर्ताहरुले २० प्रतिशत वा अधिकतम रु. ३०० सम्मको क्यासब्याक पाउन सक्नेछन् । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्नु हुनेछ ।
यो योजना २० श्रावण, २०८० देखि २० माघ, २०८० गते सम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ । बैंकले यसै गरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend