जन आकाश
हुम्ला । मेरो घर कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा न.४ मा रहेको छ । मेरो बुवाआमाको नाम वर्ष बहादुर शाही र हिउकला शाही हो ।
यी मेरा बुवाआमा एउटै रथका दुई पाङ्ग्रा हुन जसले सन्तानका निम्ति रातदिन नभनी संघर्षकै यात्रामा आफ्नो जीवन बलिदान गरेका हुन्छन् । मलाई मेरा बुवाआमाले जन्म दिनुभयो , हुर्काउनु भयो, लालनपालन गर्नु भयो , ४ कक्षा सम्म गाउँकै विद्यालयमा शिक्षा आर्जन गर्न लगाउनु भयो , ४ कक्षाको पढाइ नसकिदै केही परिस्थितिले गर्दा मैले सानै उमेरमा मेरा बुवाआमा छोडेर शिक्षा आर्जन गर्न राजधानी काठमाडौंमा आए ।
अहिले जुन ठाउँबाट मैले मेरा बुवाआमा , जिल्ला ,गाउँ ,समाज, देश आदिको चित्रण गर्दै आएको छु । सुरुमा मलाई लाग्थ्यो किन मैले मेरो गाउँ , साथिभाइ , बुवामा छोडेर आए , बिस्तारै बुझ्दै गए आखिर् शिक्षा आर्जन कै कारणले रहेछ। म पढने विद्यालयको कक्षा कोठामा समेत मेरा बुवाआमाको त्यो संघर्ष याद आउने गर्थें ।कक्षा कोठामा पढ्दै गर्दा आमाबुवाको केही शब्द आउने गर्थें । त्यतिबेला म आफ्नो बुवाअमालाई सम्झिने गर्थें ।
आमाले ९ महिना कोखमा राखेर , जन्म दिएर हुर्काएको ती दिन र बुवाले कमाएर पालेको ती दिन सम्झिदै गर्दा मेरो आँखाबाट आँसु बग्ने गर्थियो सायद ती आँसु आमाबुवाको कोखबाट टाढा भएर होला। मेरो बुवाले मिस्त्री काम गरेर त्यसबाट कमाएको पैसाले आफ्नो सन्तानको पेट पाल्नु हुन्थे । आमा खेतीपाती गरेर अन्न उत्पादन गर्नु हुन्थ्यो । मेरो बुवाको सारै सानो चित्त जता गए नि सन्तान कै पिर लिएर बस्नु हुन्थे ।मेरो हुम्ला जिल्लाको हिउँदे समय सारै कठिनाई हुन्छ ।
त्यताको जनजीवन देख्दा मर्नु कि बाच्नु हुन्छ। हिउँदे समयमा बुवाआमाले गरेका ती संघर्ष सम्झिदा किन सबै ठाउँमा यकैनास नभएको होला भन्ने सोचाइ हुन्छ । काम नगरी माम नपाउने ती ठाउँका संघर्षले जीवन भर आफ्नो शरीर थकित बनाउन बाध्य हुन्छन् मेरा जिल्लाका मान्छे । मेरो बुवा एक त ल्वाशुर देवताको पुजारी हुनुहुन्छ । उहाले शुद्ध खानेकुरा बाहेक अरु केही पनि खानु हुदैन। घरबाट काठमाडौं आउनु भएको थियो केही महिना अगि मेरो बुवाको ती दिन सम्झिदा आफैलाई नरमाइलो लाग्ने गर्छ।
बुवाले त्यतिबेला काठमाडौमा भात, दाल , साग खाएर बस्नु भयो। त्यो दिन सम्झिदा किन यस्तो भयो होला आफैंलाई कस्तो अर्कै लाग्ने गर्दो रहेछ ।मान्छे महलमा बसेर मात्रै ठूलो मान्छे हुन्छ, यो संसार नै देखिन्छ भन्छन् आखिर हाम्रा आमा बुवाले जिवन बिताएको ती झुपडी लाई सम्झेर अनुभव गरौं त कसरी ती झुपडीमा बसेर आफ्नो जीवन काटेको होलान् सहरतिर रङ्ग लगाएर झिलिमिलि बनाउछन घरहरु , गाउँमा मेरि आमाले गाइको गोबर , राती माटो , सेतो माटोको सायताले सुन्दर झुपडी बनाउनु हुन्छ ।
किनकि आज मैले दुख भनेको के हो सुख भनेको के हो भन्ने कुरा थाहा पाए सायद बुवाआमाले सानै उमेरमा पैसाको बिटोमा खेलाको भए आज मैले एक रुपैयाँको मुल्य के हो थाहा पाउदिन थे मेरो दुख गर्ने बानी हराउँदै जान्थ्यो ।
सधैं अरु कै भर पर्नु पर्ने अवस्था आउने गरथ्यो । दुखमा पनि भिड्न सक्ने एउटा व्यक्ति बनाउनु भएको छ। अरु केही नभए पनि कालो सेतो छुटाउन सक्नेगरि लेख्न सक्ने बनाउनु भएको छ । बुवाआमा नै मेरो लागि भगवान हुनुहुन्छ । मैले मन्दिरमा गएर दर्शन गर्नुको सट्टा मेरै आमाबुवाको पाउमा सधैं दर्शन गर्न पाऊँ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend