logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

महालक्ष्मी विकास बैंक BFIN L & D Excellence Award – 2023 द्वारा सम्मानित


  • जन आकाश
  • मंगलबार, साउन ३० २०८०

काठमाडौं । कर्मचारिलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance &  Insurance Institute of Nepal (BFIN)  द्वारा प्रदान गरिने L & D Excellence Award – 2023 बाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको छ । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।



मिति २०८० श्रावण २९ गते अलफ्ट काठमाडौं होटलमा सम्पन्न“Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैंकलाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालबीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैंक मानव संशाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।

सबल बैंक, सफल सहकार्य  को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend