जन आकाश
काठमाडौं । एन आई सी एशिया बैंकले आयोजना गरेको एनआई सी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ ।
कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्य अनुरुप आयोजित यस प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचारीहरुको उत्साह पूर्ण सहभागीता भएको बैंकले जनाएको छ ।
सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको हो । लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुर पश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो । खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिम प्रदेश बीकी रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् ।
त्यसैगरी उत्कृष्ट गोलकिपर तर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित काकी रहेका छन् । अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
यस खालको प्रतियोगिता नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमाहुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँ प्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारी सहितकुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ ।
प्रतियोगिता समापन कार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत द्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो ।
कर्मचारीहरुका लागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एनआई सी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्न भएको थियो । प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए ।
यो नेपालका नामचलेका ब्राण्डहरुले १० लाखभन्दा बढी बराबरको क्यास तथा गिफ्टहरु उपलब्ध गराएर प्रतियोगितालाई सहयोग गरेका छन् । जसमा स्टिङ्ग, जि स्पोटर्स, झापाएफसी, एनआई सी एशिया बैंक कर्मचारी संघ, सुबिसु, एंकर नेपाल, बिग मार्ट, नुआदथाइ स्पा, द भान्नासुट होटल, ब्लाकबेरीज्, भोज, क्लबहाउस काठमाडौं, आइ मार्ट नेपाल, यति एयरलाइन्स, दराज र गोल नेपाल डट कम रहेका छन् ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५९१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूह सम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend