logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सहयोगी साकोसको ३२औ साधारण सभा सम्पन्न


  • जन आकाश
  • बुधबार, भाद्र २० २०८०

भक्तपुर/ मध्यपुरथिमि नगदेशमा संचालित सहयोगी बचत तथा सेवा केन्द्र सहकारी संस्था लि.को ३२औं वार्षिक साधारण सभा थिमी बैंक्वेटमा मंगलबार सम्पन्न भयो ।



नेफ्स्कूनका पूर्व अध्यक्ष तथा संस्थाका अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि एवं मथिनपा प्रमुख सुरेन्द्र श्रेष्ठले सहयोगी साकोसको काम नमुनाको रुपमा रहेको विषयमाथि चर्चा गर्दै प्रगतिको लागि शुभकामना ब्यक्त गरे ।

सभामा अध्यक्ष प्रधानाङ्गले ०७९/८९को लामो प्रतिवेदन प्रस्तुत गरे।उनले देशको अवस्था,सहकारीमा देखापरेको परिस्थिति,समस्या र चुनौतीबारे पनि चर्चा गरे।

सभामा कोषाध्यक्ष हरिगोविन्द प्रजापतिले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। संस्थाको आर्थिक वर्ष२०७९/०८०मा रु.७,६६,८६,०१४कारोवार रहेको र खुद आय रु.१,०७७६,२८१/भएको उल्लेख छ। प्रतिवेदनमा उल्लेख भए अनुशार यो वर्ष शेयर सदस्य संख्या ३१५बाट शेयर रकम रु.४८,१७,५००/पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend