जन आकाश
काठमाडौं । ब्यवसाय संगै समाजसेवा भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको सहकार्यमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंको आयोजनामा र काठमाडौं पश्चिमक्षेत्र तथा सो अन्तर्गत रहेका ५ वटा इकाईको सकृय सहभागितामा बृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
ग्रील तथा स्टील ब्यवसायी महासंघले समन्वय गरेको यस कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको तर्फबाट अरुण प्रसाद ढुंगानाको नेतृत्वमा,राम के.सी. ,सल्मान खान,तृष्णा थापा,सुलोचना सेडाइ,सन्जिता गुरुङ,सुजना लामिछाने,सरिस्मा चौधरी , सोनु , सोफिया,सुदिप लगायतको टिमले करिब ४५० जनाको आँखा जाँच गरेको थियो ।
जोखिम पुर्ण ब्यवसायको रुपमा रहेको ग्रील तथा स्टील ब्यवसायमा आबद्ध ब्यवसायी तथा कर्मचारीहरुको समय समयमा आँखा जाँच गराउन सल्लाह दिदै अस्पताल टिमले आवश्यकता अनुसार सामान्य प्रकृतिका औषधिहरु निशुल्क उपलब्ध गराएको थियो ।
तिन चरणमा गरिएको आँखा जाँचको क्रममा आँखाको हेरचाह र जोखिम न्युनिकरण सम्बन्धि परामर्श समेत दिईएको थियो भने कर्मचारीको हकमा अस्पतालले मोतिबिन्दुको अप्रेसन निशुल्क गराउन सक्ने तथा अन्यको हकमा न्युन शुल्कमा सेवादिन अस्पताल सकारात्मक रहेको उपचारमा संलग्न अस्पताल टिमले जानकारी गराएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले महासंघले आम ब्यवसायीको हितको लागि नीतिगत पहल गर्न सरकारका बिभिन्न मन्त्रालय र बिभागहरुको ढोका ढक्ढक्याउने काम गरिरहेकोले आम ब्यवसायीहरुलाई ढुक्क भएर आफ्नो ब्यवसाय सन्चालन गर्दा कुनै अप्ठ्यारो परेमा आफुलाई सम्झन अग्रह गरेका थिए।
ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको प्रमुख आतिथ्यता र ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यको सभापतित्व ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिमक्षेत्र अन्तर्गत बालाजु,खुसीबुँ,चःमती,ढल्को इकाईसमितिको भवन वनस्थली ,चःमतीमा आँखा शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिमक्षेत्र अन्तर्गत पाँचवटै इकाईका पदाधिकारी तथा सदस्यहरुले समेत स्वयंसेवी रुपमा आफुलाई समर्पित गरेका थिए ।
कार्यक्रममा महासंघको तर्फबाट प्रथम उपाध्यक्ष केदार अधिकारी ,उपाध्यक्षहरु ईश्वर बहादुर खड्का,यज्ञदास श्रेष्ठ,विष्णुमाया उचाही मगर,संसोधिन शेष,जिवन भट्टराई,रुपेन्द्र बानियाँ महासचिव विवेकदास श्रेष्ठ, केन्द्रिय सदस्यहरु मुकुन्द भट्टराई,बालमुकुन्द नकर्मी,बिष्णु भक्त डंगोल लगायत सदस्यहरुको उपस्थिति रहेको थियो भने काठमाडौं जिल्लका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
पानसमा बत्तिबालेर प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले उद्याटन गरेका थिए । कार्यक्रमको सन्चालन ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका महासचिव याम बहादुर श्रेष्ठ (पशुपति)ले गरेका थिए ।
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका राम के.सींले यो जोखिम पुर्ण ब्यवसाय भएकोले यसमा सावधानि अपनाउन सबैलाई आग्रह गरे। संसार हेर्न पाउने मानविय अधिकार बाट कसैले पनि बन्चित हुनु नपरोस् भनेर यस्तो शिविरहरुमा आँखा अस्पतालले सहयोग गरेको उनले बताए ।
जोखिम युक्त ब्यवसायमा आबद्ध ब्यवसायी तथा कर्मचारीको लागि निशुल्क आँखा शिवर सम्पन्न गर्न सहयोग गरेको भन्दै ग्रील तथा स्टीलब्यवसायी संघ काठमाडौंले आँखा शिविरमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सम्मानपत्रले सम्मान गरेको थियो ।
कार्यक्रमको बारेमा मिडिया संग कुरा गर्दै ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिलकुमार अमात्यले आम ब्यवसायीहरुको लागि बिभिन्न कार्यक्रमहरु बनएर लागु गर्न आफ्नो कार्यसमितिले पहल गरिरहेको बताएका थिए।
आँखा शिविर मात्र नभएर टि टि खोप, होलबडी चेकअप जस्ता स्वास्थ्य चेकजाँचको ब्यवस्था मिलाउन काठमाडौं जिल्लाले महासंघ संगको सहकार्यमा पहल गर्ने बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend