जन आकाश
काठमाडौं । बजाजले चाडपर्वलाई लक्षित गर्दै आफ्नो विद्युतीय तीनपांग्रे सवारीसाधन ‘विगो’ मा विशेष छुट योजना सार्वजनिक गरेको छ।
बजाज दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘चाडपर्वको बहार, विगोमा ५० हजार’ नारासहित नयाँ योजना ल्याएको हो।
कम्पनीका अनुसार योजनाअन्तर्गत नयाँ बजाज विगो विद्युतीय तीनपांग्रे खरिद गर्ने ग्राहकले ५० हजार रुपैयाँ नगद छुट पाउनेछन्। त्यस्तै, पुरानो सवारीसाधन साटेर नयाँ विगो खरिद गर्ने ग्राहकले थप ३० हजार रुपैयाँसम्मको अतिरिक्त मूल्यांकन सुविधा प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई खरिदपछि पनि दीर्घकालीन सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले विगोमा ६ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्ने जनाएको छ।
त्यसैगरी, सवारीसाधन खरिदलाई सहज बनाउन कम्पनीले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडलाई वित्तीय साझेदारका रूपमा समावेश गरेको छ। यसअन्तर्गत ग्राहकले सहज ऋण सुविधा तथा ३६ महिनासम्म मासिक किस्ता तिर्ने सुविधामार्फत बजाज विगो खरिद गर्न सक्नेछन्।
एकपटक चार्ज गर्दा १४० किलोमिटरसम्म यात्रा
बजाज विगो विद्युतीय तीनपांग्रेमा आधुनिक डिजाइन, शक्तिशाली विद्युतीय मोटर, लिथियम आयन (एलएफपी) ब्याट्री प्रविधि तथा आरामदायी यात्राका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम सञ्चालन खर्चलाई यसको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार विगोले एकपटक पूर्ण चार्ज गर्दा करिब १३० देखि १४० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ।
यसमा ऊर्जा बचत तथा शक्तिशाली सञ्चालन प्रणाली, ब्रेक लगाउँदा ऊर्जा पुनः सञ्चय गर्ने प्रविधि र उकालोमा सवारी रोकिँदा पछाडि नघस्रिने सहायक प्रणालीजस्ता सुविधा समावेश छन्।
यी सुविधाले दैनिक व्यावसायिक प्रयोजनका लागि सवारीसाधनलाई थप व्यावहारिक, सुरक्षित र भरपर्दो बनाउने कम्पनीको विश्वास छ।
विशेषगरी कम सञ्चालन खर्च र एकपटक चार्ज गर्दा लामो दूरी तय गर्न सक्ने क्षमताका कारण व्यावसायिक प्रयोजनका लागि विद्युतीय तीनपांग्रे खोजिरहेका ग्राहकका लागि बजाज विगो उपयोगी विकल्प बन्न सक्ने देखिन्छ।
चाडपर्वको अवसरमा सार्वजनिक गरिएको यस योजनाले नयाँ विद्युतीय तीनपांग्रे खरिद गर्न चाहने ग्राहकलाई आकर्षित गर्ने अपेक्षा कम्पनीले गरेको छ।
योजनाको विस्तृत जानकारी, लागू हुने सर्त तथा उपलब्धताबारे नजिकैको आधिकारिक बजाज तीनपांग्रे सोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend