जन आकाश
काठमाडौ । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल DBAN को २१औँ वार्षिक साधारण सभा मिति २०८३ साल कार्तिक १३ गते शूक्रबार एशोसिएसनका कार्यवाहक अध्यक्ष श्री दिनेश थकालीको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभामा एशोसिएसनमा आवद्ध सदस्य विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो । कार्यवाहक अध्यक्षले पानसमा दीप प्रज्वलन गरी सभाको औपचारिक शुरुवात भएको थियो ।
साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।
साधारण सभाले आगामी दुई वर्षको कार्यकालको लागि कार्यवाहक अध्यक्ष दिनेश थकालीलाई एशोसिएसनको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ । अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनलाइ प्राथमिकता दिँदै दिगो बैंकिङ विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएका व्याक्तित्व हुन् । साधारण सभाले निम्न बमोजिमको ९ सदस्यीय नयाँ कार्य समिति समेत निर्विरोध चयन गरेको छ ।
अध्यक्षः दिनेश थकाली, प्रमुख कार्यकारी अधिकृत, कामना सेवा बिकास बैंक लिमिटेड,
उपाध्यक्षः माधब प्रसाद उपाध्याय, प्रमुख कार्यकारी अधिकृत, गरिमा बिकास बैंक लिमिटेड,
सचिवः कपिल ढकाल, प्रमुख कार्यकारी अधिकृत, ज्योति विकास बैंक लिमिटेड,
कोषाध्यक्षः दिपेश लम्साल, प्रमुख कार्यकारी अधिकृत, महालक्ष्मी विकास बैंक लिमिटेड
सदस्यः तारा मानन्धर, प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ विकास बैंक लिमिटेड
सदस्यः सुमन आचार्य, प्रमुख कार्यकारी अधिकृत, लुम्विनी विकास बैंक लिमिटेड,
सदस्यः रबिन सिजापति, प्रमुख कार्यकारी अधिकृत, सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड,
सदस्यः हरिबहादुर बुढाथोकी, प्रमुख कार्यकारी अधिकृत, ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,
सदस्यः अनन्त कुमार चापागाईं, प्रमुख कार्यकारी अधिकृत मितेरी डेभलपमेन्ट बैंक लिमिटेड
एशोसिएसनको नयाँ कार्यसमितिले निवर्तमान कार्य समितिका पदाधिकारीहरुलाई आफ्नो कार्यकालमा एशोसिएसनको संस्थागत विकास, बैंकिङ क्षेत्रका साझा मुद्दाहरूको सम्बोधन तथा नीतिगत पैरवी लगायतका क्षेत्रमा पु¥याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ । नवनियुक्त अध्यक्ष दिनेश थकालीले एशोसिएसनले अघि बढाउँदै आएका विभिन्न पहल तथा विषयहरूलाई निरन्तरता दिँदै बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरूमा एशोसिएसनका गतिविधिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष थकालीले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रुपान्तरण, कर्जा गुणस्तर र असुली सुधार र सदस्य बैंकहरु बीच ज्ञान तथा उत्कृष्ट अभ्यासको आदानप्रदानमा जोड दिनुपर्ने आवश्यकता औल्याएका छन् । उनले सम्पूर्ण सदस्य बैंकहरू, नियामक निकाय तथा सरोकारवालाहरूप्रति धन्यवाद ज्ञापन गर्दै विकास बैंकहरूको हित प्रवद्र्धनका लागि निरन्तर क्रियाशील रहने बताए ।
हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकहरूमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीय स्तरका रहेका छन् । विकास बैंकहरूले २०८३ साल असार मसान्तसम्म १,११२ शाखा र ३३६ एटीएममार्फत करिव ८० लाख ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन् । विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले विकास बैंकहरूको साझा हित तथा बैंकिङ क्षेत्रको समग्र विकासलाई केन्द्रमा राख्दै नेपाल राष्ट्र बैंकलगायत विभिन्न नियामक निकाय तथा सम्बन्धित संस्थाहरूसँग निरन्तर समन्वय तथा सहकार्य गर्दै आएको छ ।
त्यसै गरि एशोसिएसनले सदस्य बैंकहरूबीच सहकार्य, समन्वय तथा ज्ञान आदान–प्रदानलाई प्रवद्र्धन, साझा एजेण्डाको पहिचान तथा समस्याको सामूहिक समाधानका लागि निरन्तर पहल तथा समयसापेक्ष र सान्दर्भिक विषयहरूमा सदस्य बैंकहरूका लागि कार्यशाला आयोजना गर्दै आएको छ । प्रविधिमा आधारित समाधानमार्फत सदस्य बैंकहरूलाई सहजीकरण गर्ने उद्देश्यले Domestic PEPs Screening, Negative List Screening, HR MIS, Finance MIS लगायतका प्रणालीहरूको विकास तथा सञ्चालन गर्ने आदि कार्य पनि एशोसिएसनले गर्दै आएको छ । एशोसिएसनले अघि बढाउँदै आएका सम्पूर्ण पहल तथा गतिविधिहरूलाई सफल बनाउन निरन्तर सहयोग, सहभागिता र विश्वास प्रदान गर्दै आएका सम्पूर्ण सदस्य बैंकहरू प्रति डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल हार्दिक आभार व्यक्त गर्दछ भनि सार्वजनिक गरिएको डेभलपमेन्ट बैंकर एसोसिएसन नेपालकी प्रमुख कार्यकारी अधिकृत मन्जीला डंगोलद्धारा हस्तक्षरित बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend