logo शुक्रबार, कार्तिक १४ २०८३ | Friday 30th October 2026

मन्त्री प्रतिभा रावलको पहलमा काठमाडौंका ७ वडाका ३०२ रोपनी जग्गा सरकारको नाममा फिर्ता


  • जन आकाश
  • शुक्रबार, कार्तिक १४ २०८३

काठमाडौं । भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको पहलमा काठमाडौं महानगरपालिकाका सात वटा वडामा रहेको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गरिएको छ।



सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने उद्देश्यले रावल आयोगको प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा उक्त जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो।

भूमि प्रशासन कार्यालय डिल्लीबजारका अनुसार महानगरपालिकाका वडा नम्बर ४, ५, ८, ९, १०, १२ र २९ का विभिन्न कित्तामा रहेको जग्गाबाट प्रतिवेदनमा उल्लेखित क्षेत्रफल कट्टा गरी सरकारको नाममा कायम गरिएको हो।

भूमि व्यवस्था मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको भनिएका क्षेत्रको पहिचान गरी जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको छ।

प्रमुख नापी अधिकृत रमेश ज्ञवालीको संयोजकत्वमा गठित समितिले प्रतिवेदनमा उल्लेख भएका अन्य जग्गाको समेत छानबिन तथा संरक्षणको काम गरिरहेको छ।

सरकारले रावल आयोगले औँल्याएका सम्पूर्ण जग्गाको छानबिन गरी सरकारी स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाएको जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend