logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

काठमाडौं महानगर – १६ का वडाध्यक्षको निधन


  • जन आकाश
  • बिहिबार, भाद्र २१ २०८०

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको नेपाली कांग्रेसका नेता सुशील भट्टले बताए ।



अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया ९भाइरल निमोनिया० भएका कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका निर्देशक डा। विनोद विजुक्छेको भनाइ छ ।

रिजाल गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । रिजाल कांग्रेस काठमाडौं– ७ का क्षेत्रीय सभापति समेत हुन् ।

वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend