logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

कान्ति अस्पताल बालिका मृत्यु प्रकरणबारे सांसदहरूले प्रश्न उठाउँदै


  • जन आकाश
  • बिहिबार, भाद्र २१ २०८०

काठमाडौँ — कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रतिनिधिसभामा सांसदहरूले प्रश्न उठाउँदै सरकारको जवाफ मागेका छन् ।



उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो । बिरामी भएर छट्पटाइरहेकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको थियो ।

सत्तारुढ दल कांग्रेसका सांसद गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारको जवाफ मागेका छन् । उनले यस्तो अवस्था किन आयो र अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने बताए ।

त्यस्तै एमालेका सचेतक महेश बर्तौलाले यस घटनाबारे स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।उनले यो घटनामा संलग्नमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने माग गरे ।

त्यस्तै रास्वपाकी सांसद चन्दा कार्कीले यो घटना लज्जास्पद रहेकले यसमा दोषीहरूलाई कारबाहीको माग गरेका छन् । उनले अस्पतालमा पर्याप्त चिकित्सकहरू नहुँदा उपचार नपाउने अवस्था आएको बताइन् । उनले चिकित्सकहरूको पर्याप्त व्यवस्था गर्न माग गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend