logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

तालिममा सहभागी पत्रकारहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न


  • जन आकाश
  • बिहिबार, भाद्र २१ २०८०

फोटोः प्रदीप कुमार श्रेष्ठ



काठमाडौ । नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले पत्रकारहरुका लागि आयोजित दुई छुट्टाछ्ट्टै फोटोपत्रकारिता प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना ९एसटीएलआरपी० को आयोजना तथा नेपाल पोटो पत्रकार समूह, संचारिका समूहसंगको सहकार्य तथा सिटिजन्स मिडियाको प्राविधिक संयोजनमा असार १२ देखि १४ गतेसम्म महिला संचारकर्मीहरुका लागि तथा साउन २ देखि ४ गतेसम्म अन्य संचारकर्मीहरुका लागि पर्यटन फोटो पत्रकारिता प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा ५५ जना महिला संचारकर्मी तथा ५० जना पुरुष संचारकर्मीहरु गरि जना १ सय ५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

समापनका अवसरमा प्रमाणपत्र वितरण गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक डा.धनन्जय रेग्मीले नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा सञ्चारमाध्यमको भूमिकालाई प्रभावकारी बनाउने तथा पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको बताएका थिए । देशको पर्यटनका बारेमा लेखिने सकारात्मक समाचारले देशकै छवि निर्माणमा सहयोग पुगने उल्लेख गर्दै उहाँले पर्यटन प्रवद्र्धनका लागि संचारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारहरुलाई हौशला प्रदान गरेका थिए ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीका) पोर्टफेलियो म्यानेजर कल्पना सरकारले युएनडिपीले समावेशीतालाई ध्यान दिंदै विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा पत्रकारहरुका लागि आयोजित यो तालिम महत्वपूर्ण भएको बताउँदै आउदा दिनमा पनि यस खालका तालीमहरुमा सहकार्य गरिने प्रतिवद्धता जनाएकाछन् ।

संचारिका समूहका अध्यक्ष विमला तुम्खेवा, एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्त,प्रशिक्षक किशोर श्रेष्ठ, जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिवीकोपार्जन विज्ञ धर्म दवाडी, प्रशिक्षार्थीका तर्फबाट राजेन्द्र श्रेष्ठ, शुशीला बस्नेत लगायतले तालिमले पत्रकारहरुको व्यवसायिक क्षमता अभिृवृद्धिमा सहयोग पुग्ने बताएकाछन् ।

तालीममा वरिष्ठ फोटोपत्रकार मिनरत्न बजाचार्य, किशोर श्रेष्ठ, राजन काफ्ले तथा फोटोपत्रकार प्रदीप कुमार क्षेष्ठ, सुनिल शर्मा, शुशिल श्रेष्ठ, सुनिल शर्मा, सागर श्रेष्ठ ले क्यामेराको संचालन, फोटोको महत्व, यसका शैद्धान्तिक तथा व्यवहारिक पक्षका विषयमा प्रशिक्षण दिनु भएको थियो । यस्तै नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टी.पी. भुसालले नेपालको समग्र पर्यटन तथा पर्यटन फोटोग्राफिमा तथा फोटोग्राफिमा गोपनीयता लगायत अन्य कानूनी पक्षबारे प्रशिक्षण दिएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend