जन आकाश
काठमाडौ । निजामती सेवा दिवस २०८० को अवसरमा सडक डिभिजन काठमाडौंको परिसरमा बृक्षारोपन भएको छ।
डिभिजन प्रमुख नारायण प्रसाद निहुरेको अगुवाईमा सबै कर्मचारीहरुको सहभागितामा बृक्षारोपन भएको हो। सडक डिभिजन काठमाडौका कर्मचारीहरुले सडक डिभिजन काठमाडौ कार्यालय परिसरमा बिरुवा रोपेका हुन।

बृक्षा रोपन अभियानमा सहभागी कर्मचारीहरुले कपुर तथा आँपको बिरुवाहरु रोपेका छन् ।
कर्मचारीहरुले निजामती सेवा दिवस २०८० को अवसरमा एक अर्काले शुभकामना आदानप्रदान गरि हर्सोल्लास गरि मनाएका थिए।
त्यसै कार्यालय प्रमुख समेत रहेका निहुरेले सवै कर्मचारीहरुलाइ २०८० सालको निजामती दिवसको हार्दिक शुभकामना दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend